Skip to main content

Khotang Khabar

भिडियो

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँदा धान खेती प्रभावित हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। स्थानीय वितरण व्यवस्थाअनुसार हाल एक कठ्ठा जग्गाका लागि २ केजी युरिया मल मात्र वितरण भइरहेको किसानहरूको गुनासो छ। उनीहरूका अनुसार यो परिमाण बालीको आवश्यकताभन्दा निकै कम भएकाले उत्पादनमा नकारात्मक असर पर्ने सम्भावना बढेको छ। स्थानीय किसानहरूले सरकारले समयमै पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। किसानहरूको भनाइमा खेतीको मुख्य समयमा मल अभाव दोहोरिनु कृषि क्षेत्रमा गम्भीर चुनौती बनेको छ। किसानहरूले सम्बन्धित निकायसँग तत्काल पर्याप्त युरिया…
Read More
इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्रस्ताव राखेको छ । प्रस्तावलाई अस्थायी रूपमा ‘इस्लामाबाद सम्झौता’ नाम दिइएको बताइएको छ । यसलाई दुई चरणमा अघि बढाउने योजना रहेको छ, जसअनुसार पहिलो चरणमा तत्काल युद्धविराम लागू गरिनेछ भने दोस्रो चरणमा १५ देखि २० दिनभित्र अन्तिम सम्झौता टुंग्याइनेछ । पाकिस्तानका सेना प्रमुख असिम मुनीरले अमेरिकी र इरानी नेतासँग रातभर छलफल गरेको जनाइएको छ । प्रस्तावमा होर्मुज जलडमरू पुनः खोल्ने विषय पनि समेटिएको छ, जसले विश्वव्यापी तेल आपूर्ति सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यसअघि पनि ४५ दिनको अस्थायी…
Read More
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए । यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएको…
Read More
पुरुष यौन हिंसा :- अव्यक्त समस्या तर समाजमा विकराल बन्दै

पुरुष यौन हिंसा :- अव्यक्त समस्या तर समाजमा विकराल बन्दै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुरुष यौन हिंसा र पितृसतात्मक सोचका कारण समाजमा देखापरेका समस्याहरू न्यूनीकरण विषयक सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेक  परियोजना अन्तर्गत बोइज इनिसिएटिभ सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो समय पुरुषहरूमा व्याप्त रहेको अव्यक्त समस्याहरूको पहिचान, बालक  यौन उत्पीडनका विषय, पुरुष हिंसाका घटना उजागर र पुरुषको पहिचान गोपनीयता, पुरुष हिंसा न्यूनीकरणका लागि कानुनी प्रावधान लगायतका विषयमा छलफल गरिएको शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङले जानकारी दिइन्। पछिल्लो समय शिक्षा, स्वास्थ्य, प्रकोप, रोजगारीका निहुमा पुरुषहरु शारीरिक, मानसिक र यौन हिंसाको सिकारमा पर्दै गइरहेको, अझ त्यसमा पनि…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More